कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब

काठमाडौं प्रवेश गर्ने नाकामा सवारीको लाम। नेपालको कुल कार्बन उत्सर्जनमा डिजेलले ३७ प्रतिशत स्थान ओगट्छ। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालको कात्तिक दोश्रो साता बेलायत पुगेर ‘सन् २०४५ भित्रै नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने’ घोषणा गरे। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा प्रधानमन्त्रीको यस्तो घोषणापछि कतिपयले यो लक्ष्य सहजै पूरा हुने टिप्पणी गरेका छन् भने कतिपयले गाह्रो हुने बताएका छन्। विश्वका धेरै मुलुकले कोइला बालेर विद्युत उत्पादन गर्छन्। अमेरिका, चीन, भारतजस्ता… Continue reading कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब

काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान

तस्बिर : नबिन बाबु गुरुङ

मुलचन्द महाउत २०७८ साल भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो। तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी… Continue reading काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान

हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई

लाङटाङ क्षेत्रमा चरिरहेको चौँरी। तस्बिर : मनोज सत्याल

छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु… Continue reading हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई

के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त?

मनोज सत्याल काठमाडौं उपत्यकामा मेट्रो रेल कुदाउने सपना पछ्याइरहेका इञ्जिनियर विनोदलाल अमात्यलाई धेरैले पटकपटक एउटै प्रश्न गर्छन्- नेपालका लागि यो सेतो हात्ती साबित हुँदैन? बेलायतस्थित लन्डन अन्डरग्राउन्ड (मेट्रो रेल) को समस्या समाधानमा काम गरेको अनुभव संगालेका विनोदसँग यसको रेडिमेड जवाफ छ। उनको जवाफ सुन्नुअघि मेट्रो रेललाई ‘सेतो हात्ती’ सँग दाँज्नुको कारण बुझौं। सेतो हात्ती काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया… Continue reading के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त?

काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ

दिल्लीको मेट्रो रेल।

मनोज सत्याल काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालन गर्नुपर्ने विषय उठ्दै आएको छ। कतिपय विज्ञले यसको सम्भाव्यता औंल्याइरहेका छन् भने कतिपयले लागत बढी हुने तर्क गरेका छन्। यसै सन्दर्भमा हामीले केही समयदेखि काठमाडौंमा मेट्रो सञ्चालनको सम्भाव्यताबारे विभिन्न अध्ययन समितिको निष्कर्ष र यातायात विज्ञहरूको धारणा लेख्दै आएका छौं। हेर्नुहोस्: यसरी सम्भव छ उपत्यकामा मेट्रो रेल काठमाडौंमा मेट्रो रेल कुदाउने… Continue reading काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ

अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब

गणेश आचार्यले तयार पारेको मेट्रो रेलको स्केच।

मनोज सत्याल काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार्वजनिक यातायात हुँदो हो त त्यहाँ बर्सेनि मेला भर्न जानेको कत्रो भिड लाग्दो हो? हुन त कोरोना कालमा भिड बढाउनु राम्रो होइन। तर हामी अहिलेको कुरा गर्दै छैनौं। के अबको दस वर्षपछि पनि हामी अहिलेजस्तै बसमा उभिएर, ठेलिएर र चाबहिल चोकदेखि जाममा घस्रिँदै साँखु मेला… Continue reading अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब

काठमाडौंमा मेट्रो रेल कुदाउने मास्टरप्लान

काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिने मेट्रो रेलको स्टेशनको स्केच। तस्बिर : विनोदलाल अमात्य

मनोज सत्याल कलंकीबाट मेट्रो चढेर दस मिनेटमै कौशलटार! बुढानिलकण्ठबाट ट्राफिक जाम र सडकको घन्चमन्च छलेर एकैछिनमा बनेपा! मध्यसहरको बीचमा जमिनमुनि बनेको विशाल मेट्रो स्टेसन, जहाँबाट काठमाडौं उपत्यकाका चारैतिर जाने वातनाकूलित मेट्रो रेलहरू मिनेट-मिनेटमा छुट्दै छन्! यो काठमाडौं उपत्यकावासीले लामो समयदेखि देख्दै आएको सपना हो। विश्वका ठूल्ठूला सहरमा सार्वजनिक यातायातको मुख्य साधन बनेको मेट्रो रेल काठमाडौंमा… Continue reading काठमाडौंमा मेट्रो रेल कुदाउने मास्टरप्लान

२६ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही कामिरिता भन्छन्- आधार शिविर सार्नु हुँदैन

२६ पटक सगरमाथाको आरोहण गरेर रेकर्ड कायम गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा। तस्बिर : मनोज सत्याल

मनोज सत्याल कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको आधार शिविर सार्न नहुने बताएका छन्। २६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेका कीर्तिमानी आरोही शेर्पाले अहिलेको सगरमाथाको आधार शिविर सुरक्षित स्थानमा रहेकाले अन्यत्र सार्दा थप जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका हुन्। गत जुन १७ मा बीबीसीले नेपालले सगरमाथाको आधार शिविर सार्ने तयारी गरिरहेको समाचार पहिलो पटक… Continue reading २६ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही कामिरिता भन्छन्- आधार शिविर सार्नु हुँदैन