यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो? जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन। जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जाडो भएको बढीमा दुई साता मात्र हो। हामीले मध्य माघदेखि नै घामले पोल्न थालेको महसुस गरेका थियौं। यो वर्ष जाडो किन कम भयो त? यो… Continue reading यसवर्षको हिउँदमा किन भएन जाडो?
Tag: Climate Change
कसरी हिमाली भेगमा पुग्यो डेंगी फैलाउने लामखुट्टे
केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ। डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए। पछिल्ला १३ वर्षमा यो लामखुट्टेले काठमाडौंलाई आफ्नो स्थायी बासस्थान मात्र बनाएको… Continue reading कसरी हिमाली भेगमा पुग्यो डेंगी फैलाउने लामखुट्टे
कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालको कात्तिक दोश्रो साता बेलायत पुगेर ‘सन् २०४५ भित्रै नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने’ घोषणा गरे। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा प्रधानमन्त्रीको यस्तो घोषणापछि कतिपयले यो लक्ष्य सहजै पूरा हुने टिप्पणी गरेका छन् भने कतिपयले गाह्रो हुने बताएका छन्। विश्वका धेरै मुलुकले कोइला बालेर विद्युत उत्पादन गर्छन्। अमेरिका, चीन, भारतजस्ता… Continue reading कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब
काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान
मुलचन्द महाउत २०७८ साल भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो। तीन बजेतिर टहराभित्रै पानी छिर्यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी… Continue reading काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान
हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई
छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु… Continue reading हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई
तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा
मनोज सत्याल हिमाल आरोही मिङ्मा डेभिड शेर्पा सगरमाथा चढ्न थालेको १३ वर्ष भयो। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका उनी साक्षी हुन्। ‘हिमालमा जुन बेला हिउँ पर्नुपर्ने हो, आजकाल त्यो बेला पर्न छाडेको छ,’ शेर्पाले भने, ‘सगरमाथाको आधार शिविरमै पानी बगिराखेको देख्न सकिन्छ।’ शेर्पा पहिलोपटक सन् २००८ मा खुम्बु आइसफल पुगेका थिए। खुम्बु सगरमाथाको… Continue reading तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा