मनोज सत्याल काठमाडौं उपत्यकामा मेट्रो रेल कुदाउने सपना पछ्याइरहेका इञ्जिनियर विनोदलाल अमात्यलाई धेरैले पटकपटक एउटै प्रश्न गर्छन्- नेपालका लागि यो सेतो हात्ती साबित हुँदैन? बेलायतस्थित लन्डन अन्डरग्राउन्ड (मेट्रो रेल) को समस्या समाधानमा काम गरेको अनुभव संगालेका विनोदसँग यसको रेडिमेड जवाफ छ। उनको जवाफ सुन्नुअघि मेट्रो रेललाई ‘सेतो हात्ती’ सँग दाँज्नुको कारण बुझौं। सेतो हात्ती काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया… Continue reading के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त?
Tag: Kathmandu Metro Rail
काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ
मनोज सत्याल काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालन गर्नुपर्ने विषय उठ्दै आएको छ। कतिपय विज्ञले यसको सम्भाव्यता औंल्याइरहेका छन् भने कतिपयले लागत बढी हुने तर्क गरेका छन्। यसै सन्दर्भमा हामीले केही समयदेखि काठमाडौंमा मेट्रो सञ्चालनको सम्भाव्यताबारे विभिन्न अध्ययन समितिको निष्कर्ष र यातायात विज्ञहरूको धारणा लेख्दै आएका छौं। हेर्नुहोस्: यसरी सम्भव छ उपत्यकामा मेट्रो रेल काठमाडौंमा मेट्रो रेल कुदाउने… Continue reading काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ
अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब
मनोज सत्याल काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार्वजनिक यातायात हुँदो हो त त्यहाँ बर्सेनि मेला भर्न जानेको कत्रो भिड लाग्दो हो? हुन त कोरोना कालमा भिड बढाउनु राम्रो होइन। तर हामी अहिलेको कुरा गर्दै छैनौं। के अबको दस वर्षपछि पनि हामी अहिलेजस्तै बसमा उभिएर, ठेलिएर र चाबहिल चोकदेखि जाममा घस्रिँदै साँखु मेला… Continue reading अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब
काठमाडौंमा मेट्रो रेल कुदाउने मास्टरप्लान
मनोज सत्याल कलंकीबाट मेट्रो चढेर दस मिनेटमै कौशलटार! बुढानिलकण्ठबाट ट्राफिक जाम र सडकको घन्चमन्च छलेर एकैछिनमा बनेपा! मध्यसहरको बीचमा जमिनमुनि बनेको विशाल मेट्रो स्टेसन, जहाँबाट काठमाडौं उपत्यकाका चारैतिर जाने वातनाकूलित मेट्रो रेलहरू मिनेट-मिनेटमा छुट्दै छन्! यो काठमाडौं उपत्यकावासीले लामो समयदेखि देख्दै आएको सपना हो। विश्वका ठूल्ठूला सहरमा सार्वजनिक यातायातको मुख्य साधन बनेको मेट्रो रेल काठमाडौंमा… Continue reading काठमाडौंमा मेट्रो रेल कुदाउने मास्टरप्लान