यसवर्षको हिउँदमा किन भएन जाडो?

यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो? जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन। जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जाडो भएको बढीमा दुई साता मात्र हो। हामीले मध्य माघदेखि नै घामले पोल्न थालेको महसुस गरेका थियौं। यो वर्ष जाडो किन कम भयो त? यो… Continue reading यसवर्षको हिउँदमा किन भएन जाडो?

हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई

लाङटाङ क्षेत्रमा चरिरहेको चौँरी। तस्बिर : मनोज सत्याल

छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु… Continue reading हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई