कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब

काठमाडौं प्रवेश गर्ने नाकामा सवारीको लाम। नेपालको कुल कार्बन उत्सर्जनमा डिजेलले ३७ प्रतिशत स्थान ओगट्छ। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालको कात्तिक दोश्रो साता बेलायत पुगेर ‘सन् २०४५ भित्रै नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने’ घोषणा गरे। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा प्रधानमन्त्रीको यस्तो घोषणापछि कतिपयले यो लक्ष्य सहजै पूरा हुने टिप्पणी गरेका छन् भने कतिपयले गाह्रो हुने बताएका छन्। विश्वका धेरै मुलुकले कोइला बालेर विद्युत उत्पादन गर्छन्। अमेरिका, चीन, भारतजस्ता… Continue reading कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब