प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालको कात्तिक दोश्रो साता बेलायत पुगेर ‘सन् २०४५ भित्रै नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने’ घोषणा गरे। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा प्रधानमन्त्रीको यस्तो घोषणापछि कतिपयले यो लक्ष्य सहजै पूरा हुने टिप्पणी गरेका छन् भने कतिपयले गाह्रो हुने बताएका छन्। विश्वका धेरै मुलुकले कोइला बालेर विद्युत उत्पादन गर्छन्। अमेरिका, चीन, भारतजस्ता… Continue reading कार्बन उत्सर्जन शून्यमा झार्न नेपाललाई चाहिन्छ साढे ४ खर्ब
Author: मनोज सत्याल
Journalist
एमालेमा ओलीले चाहेका उत्तराधिकारी अर्थात् शंकर पोखरेल
नेकपा एमालेको दसौं महाधिवेशनबाट महासचिव बनाउन केपी शर्मा ओलीसँग दुई विकल्प थिए — विष्णु पौडेल र शंकर पोखरेल। एमाले र माओवादी एकतापछि बनेको नेकपामा समेत महासचिव भइसकेका विष्णु पौडेललाई धेरैले स्वाभाविक रूपमा दाबेदार ठानेका थिए। एमालेकै नवौं महाधिवेशनमा पनि उनी उपमहासचिवमा विजयी भएकाले पौडेलको जनाधार बलियो थियो। पोखरेल भने नवौं महाधिवेशनमा तेस्रो मत ल्याएर उपमहासचिवमा पराजित भएका… Continue reading एमालेमा ओलीले चाहेका उत्तराधिकारी अर्थात् शंकर पोखरेल
काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान
मुलचन्द महाउत २०७८ साल भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो। तीन बजेतिर टहराभित्रै पानी छिर्यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी… Continue reading काठमाडौंमा किन बढिरहेको छ बाढी र डुबान
हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई
छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु… Continue reading हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई
तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा
मनोज सत्याल हिमाल आरोही मिङ्मा डेभिड शेर्पा सगरमाथा चढ्न थालेको १३ वर्ष भयो। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका उनी साक्षी हुन्। ‘हिमालमा जुन बेला हिउँ पर्नुपर्ने हो, आजकाल त्यो बेला पर्न छाडेको छ,’ शेर्पाले भने, ‘सगरमाथाको आधार शिविरमै पानी बगिराखेको देख्न सकिन्छ।’ शेर्पा पहिलोपटक सन् २००८ मा खुम्बु आइसफल पुगेका थिए। खुम्बु सगरमाथाको… Continue reading तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा
के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त?
मनोज सत्याल काठमाडौं उपत्यकामा मेट्रो रेल कुदाउने सपना पछ्याइरहेका इञ्जिनियर विनोदलाल अमात्यलाई धेरैले पटकपटक एउटै प्रश्न गर्छन्- नेपालका लागि यो सेतो हात्ती साबित हुँदैन? बेलायतस्थित लन्डन अन्डरग्राउन्ड (मेट्रो रेल) को समस्या समाधानमा काम गरेको अनुभव संगालेका विनोदसँग यसको रेडिमेड जवाफ छ। उनको जवाफ सुन्नुअघि मेट्रो रेललाई ‘सेतो हात्ती’ सँग दाँज्नुको कारण बुझौं। सेतो हात्ती काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया… Continue reading के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त?
‘लोकतन्त्र केवल राजनीतिक व्यवस्था होइन यो त सभ्यता हो’
कैलाश सत्यार्थी तीस वर्ष अगाडिको घटना हो, भारतमा रहेका नेपाली दूतावास अगाडि हामी प्रदर्शनमा जुटेका थियौँ। केही नेपाली आप्रवासी संगठन, वुद्धिजीवी र अधिकारवादी संगठन मिलेर प्रदर्शनमा जुटेका थियौँ। लोकतन्त्रका लागि थियो त्यो प्रदर्शन। साल मलाई ठ्याक्कै याद भएन, तर त्यतिबेला म तीस वर्षको हुँदो हुँ। अहिले म साठी वर्षको भएँ। तीस वर्षको युवा भएकाले ठूलो… Continue reading ‘लोकतन्त्र केवल राजनीतिक व्यवस्था होइन यो त सभ्यता हो’
काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ
मनोज सत्याल काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालन गर्नुपर्ने विषय उठ्दै आएको छ। कतिपय विज्ञले यसको सम्भाव्यता औंल्याइरहेका छन् भने कतिपयले लागत बढी हुने तर्क गरेका छन्। यसै सन्दर्भमा हामीले केही समयदेखि काठमाडौंमा मेट्रो सञ्चालनको सम्भाव्यताबारे विभिन्न अध्ययन समितिको निष्कर्ष र यातायात विज्ञहरूको धारणा लेख्दै आएका छौं। हेर्नुहोस्: यसरी सम्भव छ उपत्यकामा मेट्रो रेल काठमाडौंमा मेट्रो रेल कुदाउने… Continue reading काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ
अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब
मनोज सत्याल काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार्वजनिक यातायात हुँदो हो त त्यहाँ बर्सेनि मेला भर्न जानेको कत्रो भिड लाग्दो हो? हुन त कोरोना कालमा भिड बढाउनु राम्रो होइन। तर हामी अहिलेको कुरा गर्दै छैनौं। के अबको दस वर्षपछि पनि हामी अहिलेजस्तै बसमा उभिएर, ठेलिएर र चाबहिल चोकदेखि जाममा घस्रिँदै साँखु मेला… Continue reading अण्डरग्राउण्ड मेट्रो रेल बनाउन खर्च हुन्छ प्रति किलोमिटर १० अर्ब